साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा

डिसी नेपाल
२२ चैत २०८० ८:२१

विराटनगर । मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा

एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो ।

प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले जित हासिल गरेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मच्छिद्र क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच खेल हुँदैछ । गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *