विदेश पठाउने भन्दै श्रीलंकन नागरिकलाई बन्धक बनाउने ४ पाकिस्तानी काठमाडौंबाट पक्राउ

डिसी नेपाल
२३ चैत २०८० १७:४९

काठमाडौं। वैदेशीक रोजगारीको प्रलोभनमा पारी चार जना श्रीलंकन नागरिकलाई काठमाडौंमा बन्धक बनाएको आरोपमा ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

पाकिस्ताको रावलपिण्डीका ५७ जुबेर अम्जाद, गुजरनवालाका ४२ वर्षीय शाह जेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिहलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठमेलबाट पक्राउ गरेको हो।

उनीहरुलाई पक्राउ गरि बन्धक उद्धार गरिएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाइदिने आश्वासन दिई चार जना श्रीलंकन नागरिकलाई नेपाल भित्र्याएर ठमेल र बसपार्कका होटलमा राखेको भन्नै सुचनाका आधारमा प्रहरीले खोजी गरेको थियो। बन्धक बनाइएकाहरुको राहदानी नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई पाकिस्तानी नागरिकहरुले नगद समेत लिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।

पक्राउ परेकाहरुलाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *