क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित

डिसी नेपाल
२४ चैत २०८० १९:४४
64
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमा नै १-० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो। म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ गोल गरेका थिए भने रिको लुइस र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। त्यसैगरी क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा र ओडसोने एडोउआर्डले एक एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। सिटीको ३१ खेलमा ७० अंक भएको छ। त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३० खेलमा ७० अंक नै छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *