बुण्डेसलिगामा लिभरकुसन उपाधि जित नजिक, बायर्नको अर्को हार

डिसी नेपाल
२५ चैत २०८० ७:२५

काठमाडौं। जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसनले अपराजित यात्रा कायम राखेको छ भने बायर्न म्युनिख पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा लिभरकुसनले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो।

लिभरकुसनको जितमा फ्लोरियन विर्त्जले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको ४५औं मिनेटमा युनियन बर्लिनका रोबिन गोसेन्सले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो।

त्यसैगरी अर्को खेलमा बायर्न म्युनिख हेइडेनहेइमसँग ३-२ गोल अन्तरले पराजित भएको छ। यस खेलमा जितपछि लिभरकुसन यस सिजनको लिगको उपाधि जितको नजिक रहेको छ ।

यस सिजनमा अपराजित रहेको लिभरकुसनको लिगमा २८ खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा १६ अंकले अगाडी रहेको छ । बायर्न म्युनिखको २८ खेलमा ६० अंक रहेको छ।

३४ खेल हुने बुण्डेसलिगामा अब ६ खेल हुन बाँकी रहेको छ। अब लिभरकुसनले एक खेल जितेमा यस सिजनको उपाधि जित्ने छ। त्यस्तै लिभरकुसनले अर्को खेल अप्रिल १४ मा वेर्डेरविरुद्ध खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *