आइपिएलमा राजस्थानको लगातार चौथो जित

डिसी नेपाल
२५ चैत २०८० ९:२५

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले आफ्नो विजयी अभियान जारी राखेको छ । राजस्थानले चालू सिजनको १९औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ ।

यो सिजन राजस्थानको लगातार चौथो जित हो भने बैंगलुरुले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । बेंगलुरुको यो चौथो हार हो।

शनिबार जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको थियो । बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

राजस्थानले १९।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । खेलको म्यान अफ द म्याच जोस बटलर बने । उनले ५८ बलमा अविजित १०० रन बनाए । जोसको इनिङ्समा ९ चौका र ४ छक्का समावेश थियो ।

आरसीबीका तर्फबाट विराट कोहलीले सिजनको आफ्नो पहिलो शतक प्रहार गर्दै ७३ बलमा ११३ रन बनाए । कप्तान फाफ डु प्लेसिसले ३३ बलमा ४४ रनको योगदान दिए । त्यस्तै राजस्थानका बलर युजवेन्द्र चहलले २ विकेट लिए ।

राजस्थानका लागि रन पछ्याउने क्रममा जोस बटलरले शतक प्रहार गरे । उनले इनिङ्सको अन्तिम ओभर बलिङ गर्न आएका क्यामरन ग्रीनको पहिलो बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए र ५८ बलमा शतक पूरा गरे । कप्तान सञ्जु सामसनले ६९ रन बनाएका थिए ।

यो जितपछि राजस्थान रोयल्सको ४ खेलमा ८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको पाँच खेलमा यो चौथो हार हो । बैंगलुरुको ५ खेलमा एक जितसहित २ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *