कोलोराडोसँग बराबरीमा रोकियो इन्टर मियामी

डिसी नेपाल
२५ चैत २०८० ९:४५

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामी बराबरीमा रोकिएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी कोलोराडोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

इन्टर मियामीका लागि लियोनेल मेसी र लियोनार्दो अफोन्सोले एक एक गोल गरेका थिए । त्यसैगरी कोलोराडोका लागि राफेल नाभारो र कोल बासेटले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि इन्टर मियामीको ८ खेलमा १२ अंक भएको छ र इस्टर्न कन्फेरेन्समा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोलोराडोको ७ खेलमा ९ अंक भएको छ र वेस्टर्न कन्फेरेन्समा नवौं स्थानमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *