गुजरातविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

डिसी नेपाल
२५ चैत २०८० १३:०८
92
Shares

काठमाडौं। भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुँदैछ।

गुजरातको भापिमा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै गुजरातले पहिला बलिङ गर्ने भएको छ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो। त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अभिनास बोहरा।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *