आइपिएलको यस सिजनमा मुम्बईको पहिलो जित

डिसी नेपाल
२५ चैत २०८० २०:१३

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ। यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *