अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को टिजर रिलिज

डिसी नेपाल
२६ चैत २०८० १२:१३

काठमाडौं । तेलुगु उद्योगका सुपरस्टार अल्लु अर्जुनले आफ्नो जन्मदिनमा आफ्ना फ्यानहरूलाई विशेष उपहार दिएका छन् । अर्जुन आफ्नो प्रतिष्ठित पात्र पुष्पराजको भूमिकामा फर्किएका छन् र उनको फिल्म ‘पुष्पा २: द रुल’ को टिजर आएको छ ।

‘पुष्पा १: द राइज’ मा आफ्नो अत्यन्तै मास अवतारबाट फ्यानहरूलाई मनोरञ्जन दिएपछि अल्लु अर्जुन अब सिक्वेलमा पुन: रक गर्न तयार छन्। आफ्नो ४२ औँ जन्मदिन मनाइरहेका अर्जुनले लामो समयदेखि प्रतिक्षामा रहेका फ्यानहरुलाई यस्तो उपहार दिएका छन् ।

पुष्पा १ मा अल्लु अर्जुनले रातो चन्दन तस्करीको सञ्जालमा पुराना खेलाडीलाई हराएर निकै छिटो माथि उठ्ने गुण्डा पुष्पराजको भूमिका निर्वाह गरेका थिए । अब अर्जुनको यो पात्र ‘पुष्पा २’ मा राज गर्न तयार छ ।

‘पुष्पा २’ को टिजरमा अल्लु अर्जुनको अवतारले फ्यानको मन छुन्छ । यसपटक अल्लुले टिजरमा माँ कालीको गेटअप बनाएका छन् । ६८ सेकेन्डको टिजरमा उनको क्यारेक्टर पहिलेको भन्दा पनि डरलाग्दो देखिन्छ ।

यसपटक पुष्पराज पृथ्वीबाट शत्रुहरूलाई सखाप पार्ने वाचा लिएर फर्केका छन् जस्तो लाग्छ। टिजरमा अल्लुले साडी लगाएका छन्, खुट्टामा घुंघरु लगाएकी छन् र हातमा त्रिशूल लिएर शत्रुलाई प्रहार गर्न तयार छन् । यो सम्पूर्ण दृश्य कुनै धार्मिक घटनाको जस्तो देखिन्छ।

निर्देशक सुकुमारको यो फिल्मको पहिलो भागले दर्शकलाई हलमा निकै मनोरञ्जन दिएको थियो । अब दोस्रो भागको टिजर हेरेपछि ‘पुष्पा २’ को कथा झनै दमदार हुने अनुमान गर्न सकिन्छ । ‘पुष्पा २’ आगामी अगस्ट १५ मा हलमा रिलिज हुँदैछ र यसको पहिलो टिजरले दर्शकमाझ फिल्मको लागि बलियो माहौल बनाउन लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *