खुसीको गीतीसंग्रह ‘खुसीका रंगहरू’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायिका खुसी थुलुङ राईले नयाँ गीतीसंग्रह ‘खुसीका रंगहरू’ ल्याएकी छिन्।
सोमबार काठमाडौँस्थित दरबारमार्गमा रहेको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतीसंग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक गरे । उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिँदै गीतसङगीत मन परेको प्रतिक्रिया दिए ।
‘म गीतसंगीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ’, पूर्वमन्त्री किरातीले भने। उनले गीतसंगीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे।
गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिका खुसीले भनिन् ।
उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताइन ।
‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेस गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन्’, मोडल लिम्बूले भने।
उनले भिडियोमा गरेको कामको उक्त कार्यक्रममा सबैले प्रसंशा गरेका थिए। गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment