राष्ट्रियसभा उपाध्यक्षमा विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता
काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन्।
आजै बसेको कांग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो।
सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन्।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन्।
राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment