प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि(बुधबार)सम्मका लागि स्थगित भएको छ।
१५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।
यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए।
बैठक सुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्नता देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराउदै आफ्नो माग पुरा नभएसम्म संसद अगाडी बढाउन नदिने बताएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment