५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न

डिसी नेपाल
२८ चैत २०८० १०:४९

धुलिखेल। सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला आइतबार सम्पन्न भएको छ ।

बागमती सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा तालिम काभ्रेको धुलिखेलमा भएको हो। बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमको उद्घाटन गरेको थियो।

तालिम चैत २१ गतेबाट सुरु भएको हो। तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरू सहभागी रहेका तालिम संयोजक शर्मिली कर्माचार्यले जानकारी दिइन्। सहभागीलाई पत्रकार, चलचित्र निर्माता प्रशिक्षकद्वय अनुप सुवेदी र अरुण देव जोशीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका हुन्।

तालिममा सहभागीहरूलाई चलचित्रको विकासक्रम, चलचित्रमा प्रयोग हुने प्राविधिक पक्षको बारेमा जानकारीसँगै चलचित्र विकासका कोशेढुंगा हुन सफल ऐतिहासिक चलचित्रहरूसमेत देखाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *