विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

डिसी नेपाल
२९ चैत २०८० ११:४७

काठमाडौं। कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफु र आफ्नो टिमले गल्ती गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन्।

साथै उनले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन्।

उनले भनेका छन्-  

जिवन एक भोगाई हो । मानविय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घट्नामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो ।

अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको  स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रशारण लाई निरन्तरता दिदै छौं ।

त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला ।

यहि चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *