इजरायलले ध्वस्त पारेको गाजाका जनताले ईद कसरी मनाए ?

डिसी नेपाल
२९ चैत २०८० ११:५९
24
Shares

काठमाडौं । रफाह सिमानामा बसोबास गर्ने प्यालेस्टाइनीहरूले बीबीसी अरेबिकको शो ‘गाजा लाइफलाइन’ मा कुराकानी गर्दै गत वर्षको ईद र यस वर्षको ईद उनीहरूका लागि धेरै फरक भएको बताएका छन् ।

हारुन अल-मेडलाल्का भन्छन्, “पीडा, विनाश, विस्थापन र लगातार गोलाबारीको बावजुद, हामी जीवनलाई माया गर्ने मानिसहरू हौं।”

रफाहको एक शेल्टर होममा बस्ने हारुनले केही प्यालेस्टिनी महिलाले कुकीजहरू बनाउँदै गरेको बताए। ती महिलाहरूले इजरायली आक्रमणमा आफ्ना अभिभावक र परिवारका सदस्य गुमाएका अनाथ बालबालिकाको अनुहारमा मुस्कान ल्याउने प्रयास गरिरहेका छन् ।

अला अल-एद्दाले बीबीसीलाई भनिन् – मृत्युको रेकर्ड संख्याका कारण यो ईदमा सबै दुःखी छन् ।

उनी भन्छिन्, पहिले उनीहरू इदको शुभकामना दिन आफन्त र छिमेकीको घरमा जाने गर्थे र बच्चाहरूले मनाउने गर्थे, तर अहिले उनीहरू विस्थापित अवस्थामा बाँचिरहेका छन्।

तर, आफूहरु बलियो रहने, इद मनाउने, आफन्तलाई बोलाउने र मारिएका आफन्तलाई भेट्ने कुरामा उनले जोड दिइन् ।

ईदको अवसरमा, दक्षिणी गाजामा बसोबास गर्ने धेरै मानिसहरूले आफ्ना प्रियजनहरूको चिहानको भ्रमण गरिरहेका छन् र धेरै मानिसहरूले प्रार्थना गरेका छन्।

बीबीसी पत्रकारले दक्षिणी सहर रफाहमा बस्ने ४० वर्षीया महिला एल्हमसँग कुरा गरे।

एल्हमको घर अहिले भग्नावशेषको थुप्रो भएको छ, त्यहाँ एउटा मात्र कोठा छ जुन बम विष्फोटबाट बचेको थियो र उनको परिवार अहिले त्यसमा बस्छ।

१५ लाख प्यालेस्टिनीले रफाहमा शरण लिएका छन् ।

बीबीसी पत्रकारले उनलाई सोधे– के उनी यो वर्ष ईद मनाउँदैछिन् र यदि हो भने कसरी ?

उनले भनिन्, ‘हामीसँग इद छैन, नयाँ लुगा छैन, चाडपर्वको झलक छैन ।’

‘युद्धमा शहीद भएका हाम्रा छोराछोरीहरूका लागि आँसुले भरिएको यो अत्यन्तै दुखद दिन हो, मेरा दिदीबहिनीका छोराछोरी पनि मारिएका छन् ।’

इदको पर्वसँगै रमजान महिनाको अन्त्य हुन्छ । तर गाजाको अवस्था खराब हुँदै गइरहेको छ।

गाजामा भोकमरीको अवस्था छ, इल्हमले खानाको व्यवस्था गर्न नसक्ने बताइन् ।

उनी भन्छिन्, “मसँग आफ्नै लागि खाना छैन। मेरा छोराछोरीले केही रोटी र चिज खाए तर मैले खाइनँ।”

नबिल सामी अल सरौरा १० वर्षका छन्। यो परिवेशमा पनि उनी सकारात्मक रहने प्रयास गर्छन् । उनी भन्छन् – युद्ध र डरको बाबजुद पनि उनले “विश्वका अन्य बालबालिकाहरू जस्तै ईद मनाउनेछन्।”

उनी भन्छन्, ‘गत वर्ष ईद खुसीले भरिएको थियो तर यसपटक युद्ध र लगातार बमबारीका कारण त्रास फैलिएको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *