इस्लामाबाद जान लागेको पाकिस्तानी प्रधानमन्त्री सवार विमान अचानक लाहोरतर्फ मोडियो

डिसी नेपाल
२९ चैत २०८० १३:४७

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एउटा उडान इस्लामाबादका लागि उडेको थियो । यसमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, पञ्जाबका मुख्यमन्त्री मरियम नवाज र साउदी अरबको भ्रमणबाट फर्किएका उच्चस्तरीय प्रतिनिधिमण्डल थिए । तर पाकिस्तान पुगेपछि उडानलाई इस्लामावादको सट्टा लाहोर विमानस्थलतर्फ डाइभर्ट गरिएकोले उडानमा सवार सयौं यात्रुले असुविधाको सामना गर्नुपरेको थियो ।

पीआईएका प्रवक्तालाई उद्धृत गर्दै ‘डन’ पत्रिकाले आफ्नो रिपोर्टमा साउदी अरेबियाको जेद्दाबाट इस्लामावाद जाने पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उडान, जसमा शहबाज शरीफ र मरियम नवाज साउदी अरबबाट फर्किरहेका थिए, सोमबार लाहोर एयरपोर्टतर्फ डाइभर्ट गरिएको बताएको छ।

जब पीआइएलाई यो ‘विशेष अपरेशन’ हो ? भनेर सोधिएको थियो, पाकिस्तानको राष्ट्रिय ध्वजावाहकले भन्यो, ‘भीआईपीलाई व्यावसायिक यात्री जस्तै व्यवहार गरियो।’

सोमबार राति १०ः३० बजे इस्लामावादमा अवतरण गर्ने भनिएको ३९३ यात्रु बोकेको उडान पीके ८४२ अल्लामा इकबाल इन्टरनेशनलतर्फ डाइभर्ट गरी राति ९ः२५ बजे अवतरण गरिएको रिपोर्टमा उल्लेख छ ।

स्रोतहरू उद्धृत गर्दै, रिपोर्टमा भनिएको छ – प्रधानमन्त्री, मुख्यमन्त्री र अन्य भीआईपीहरू लाहोरमा अवतरण गरे, जसका कारण इस्लामाबाद जाने अन्य सयौं यात्रुहरूलाई असुविधा भयो।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा यात्रुले आक्रोश पोखिरहेका देख्न सकिन्छ । तर इस्लामाबाद पुग्नु अघि लाहोरमा भिआईपीहरू अवतरण गर्दासम्म पर्खनु बाहेक उनीहरूसँग अर्को विकल्प थिएन। करिब ७९ यात्रु बोकेर अन्तत: इस्लामावादका लागि उडान भरेर राति ११ः१७ मा इस्लामाबाद पुग्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *