‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं। दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ।
पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई आफ्नो भूमिका अनुसारको लुक्समा देखाइएको छ। आर्यन ढाका टोपीसहित देखिएका छन् भने प्रदीप लामो कपालसहित कालो टोपी र हाफ पाइन्टमा देखाइएको छ ।
त्यस्तै पललाई बन्दुक बोकेको र आक्रामक लुक्समा देखाइएको छ । यस पोष्टरले फिल्मको ग्रामिण परिवेस झल्काउछ।
विकास सुवेदीले लेखेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, तारा शर्मा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्य, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । फिल्मको पहिलो टिजर शुक्रबार रिलिज हुने निर्देशक राउतले जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment