‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

डिसी नेपाल
२९ चैत २०८० १३:५६

काठमाडौं। दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ।

पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई आफ्नो भूमिका अनुसारको लुक्समा देखाइएको छ। आर्यन ढाका टोपीसहित देखिएका छन् भने प्रदीप लामो कपालसहित कालो टोपी र हाफ पाइन्टमा देखाइएको छ ।

त्यस्तै पललाई बन्दुक बोकेको र आक्रामक लुक्समा देखाइएको छ । यस पोष्टरले फिल्मको ग्रामिण परिवेस झल्काउछ।

विकास सुवेदीले लेखेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, तारा शर्मा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्य, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । फिल्मको पहिलो टिजर शुक्रबार रिलिज हुने निर्देशक राउतले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *