जुनियर एनटीआरको फिल्म ‘देवरा’ को हिन्दी संस्करणको वितरण करणको धर्मा प्रोडक्सनले गर्ने

डिसी नेपाल
२९ चैत २०८० १४:२५

काठमाडौं । आरआरआर स्टार जुनियर एनटीआरले आफ्नो नयाँ फिल्म ‘देवरा’ घोषणा गरेदेखि नै फ्यानहरूले यसको नयाँ अपडेटहरू पर्खिरहेका छन्। उनका फ्यान दक्षिणमा मात्रै होइन हिन्दी भाषी क्षेत्रमा पनि छन् ।

‘देवरा’ तेलुगुमा बनेको हो र यसलाई कोरतला शिवले निर्देशन गरेका हुन्। तर यसलाई धेरै भाषामा रिलिज गरिने छ। बुधवार करण जौहरले सामाजिक सञ्जालमा आफ्नो कम्पनी धर्मा प्रोडक्सनले ‘देवरा’ को हिन्दी संस्करण वितरण गर्ने घोषणा गरेका छन् । करणले इन्स्टाग्राममा जुनियर एनटीआरसँगको फोटो पनि सेयर गरेका छन् ।

धर्मा मुभिजले आफ्नो आधिकारिक ह्यान्डलबाट पोष्ट गर्दै लेख्यो, ‘तुफानका लागि तयार हुनुहोस्! हामी भारतीय सिनेमाको अर्को ठूलो सिने अनुभवको लागि उत्तर भारतको वितरण अधिकारको लागि हाम्रो साझेदारी घोषणा गर्न पाउँदा गर्व गर्छौं। पब्लिक हिरो जुनियर एनटीआरको ‘देवरा’ अक्टोबर १० बाट हलमा आउँदैछ ।’

पान इन्डिया फिल्मको ट्रेन्ड सुरु गरेको एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजको सफलतामा करण जौहरको ठूलो भूमिका छ । करणको कम्पनीले राजामौलीको फिल्मको हिन्दी संस्करण उत्तर भारतमा वितरण गरेको थियो ।

‘बाहुबली’ ले राजामौलीलाई हिन्दीमा ठूलो सफलता दिएको थियो भने ‘बाहुबली २’ सबै रेकर्ड तोड्दै हिन्दी भाषाको सबैभन्दा सफल फिल्म बनेको थियो। ‘बाहुबली २’ ले हिन्दी संस्करणमा मात्रै ५१० करोडभन्दा बढी नेट कलेक्सन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *