पुरुषको यौन रोगको औषधि बेच्ने कम्पनीले आफ्नो अनुहार चोरेको महिलाको दाबी

डिसी नेपाल
२९ चैत २०८० १६:२५

काठमाडौं । यी महिलालाई जे भयो त्यो संसारमा जो कोहीलाई पनि हुन सक्छ। बढ्दो प्राविधिक प्रगतिसंगै यो पनि मानिसहरूको लागि बढ्दो खतरा हो। यी महिलाले साझा गरेको कथाले सबैलाई चकित बनाएको छ ।

उनले एक कम्पनीले आफ्नो अनुहार चोरेको आरोप लगाएकी छिन् । यसका लागि उनीबाट कुनै अनुमति लिएको छैन । ती महिलाले सामाजिक सञ्जाल टिकटकमा यो जानकारी दिएकी हुन् । उनले भनिन्, ‘पुरुषको यौन रोगको औषधि बनाउने कम्पनीले आफ्नो चक्कीको विज्ञापन गर्न मेरो अनुहार चोरेको हो ।’

इन्डिको रिपोर्टका अनुसार मिशेल जेन्स नामकी यी महिलाले आफ्नो डिपफेक विज्ञापन हेरेकी छिन् । जसलाई एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा तयार गरिएको हो । उनको भिडियोलाई १२ लाख मानिसले हेरेका छन् ।

मिशेल भन्छिन्, ‘एआईले मेरो लुक्स चोरेको छ र गोप्य रोगको चक्कीलाई प्रवर्द्धन गर्न मेरो डिपफेक विज्ञापन बनाएको छ।’ मिशेलले त्यसपछि एआईले बनाएको विज्ञापनको एक अंश साझा गरिन् जसमा महिला (मिशेलको डीपफेक) ले आफ्नो पार्टनरको बारेमा एउटा कथा साझा गरिन् जसलाई बेडरूममा समस्या छ।

उनी थप भन्छिन्, ‘मलाई थाहा छैन के असली र नक्कली के हो भनेर बताउन हामी कसरी सक्षम हुन सक्छौँ । किनभने यो हरेक पटक अधिक वास्तविक देखिन्छ।’ यो मान्छे होइन उनको डीपफेक हो भनेर कसैले पत्ता लगाउन सक्दैन।

मिशेलको पोस्टमा मानिसहरुले धेरै कमेन्ट गरेका छन् । मानिसहरूले उनलाई कानुनी कारबाही गर्न सुझाव दिएका छन् । कतिपयले भनेका छन् – एआईको पनि साइड इफेक्ट हुन्छ । तपाईलाई यस्तो भएको हो भने त्यो गलत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *