बैंकलाई ठगेको आरोपमा महिलालाई मृत्युदण्ड

डिसी नेपाल
३० चैत २०८० ११:२२

काठमाडौं । ६७ वर्षीय ट्रुङ माई लेनलाई विश्वको सबैभन्दा ठूलो बैंक ठगी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । भियतनामको इतिहासमा यो सबैभन्दा अनौठो घटना हो।

ट्रुङ माई लेनमाथि देशको सबैभन्दा ठूलो बैंक साइगन कमर्सियल बैंकलाई ११ वर्षसम्म लुटपाट गरेको आरोप छ।

लेनले बैंकबाट ४४ अर्ब डलर ऋण लिएकी थिइन् । अभियोजकहरू भन्छन् – यस मध्ये २७ बिलियन डलर कहिल्यै फिर्ता नहुन सक्छ। लेन भियतनामको हो ची मिन्ह शहरकी बासिन्दा हुन्।

सुरुका दिनमा उनी आमासँग सौन्दर्य सामग्री बेच्ने गर्थिन् । सन् १९८६ मा कम्युनिष्ट पार्टीले सुरु गरेको आर्थिक सुधारपछि उनले जग्गा र सम्पत्ति खरिद गर्न थालिन् ।

१९९० को दशकमा उनी ठूला होटेल र रेस्टुरेन्टको मालिक बनिन् र २०११ सम्म उनी शहरमा एक प्रसिद्ध व्यवसायी महिलाको रूपमा चिनिन थालिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *