आफ्ना उपकरण प्रयोग गर्ने ९० देशका प्रयोगकर्तालाई एप्पलले चेतावनी दियो

डिसी नेपाल
३० चैत २०८० ११:४३

काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराएको छ । कम्पनीले यी देशहरूमा बस्ने आफ्ना प्रयोगकर्ताहरू “मर्सिनरी स्पाइवेयर आक्रमण” को लक्ष्य बन्न सक्ने बताएको छ।

“मर्सिनरी स्पाइवेयर आक्रमणहरू” नियमित साइबर अपराधिक आक्रमणहरू भन्दा फरक छन् र हालसम्म सीमित संख्यामा मात्र रिपोर्ट गरिएको छ।

भर्खरै कम्पनीले आफ्ना धेरै प्रयोगकर्ताहरूलाई स्पाइवेयर प्रयोग गरेर टार्गेट बनाइएको थाहा पाएको थियो । त्यसपछि कम्पनीले प्रयोगकर्तालाई इमेलमार्फत यो खतराबारे जानकारी गराएको छ । कम्पनीले जोखिममा रहेका ९० देश कुन–कुन हुन् भन्ने बताएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *