इजरायलमा इरानको आक्रमणको डरले अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगायो

डिसी नेपाल
३० चैत २०८० १४:४५

काठमाडौं । इरानले इजरायलमा आक्रमण गर्ने आशंकामा अमेरिकाले आफ्ना कर्मचारीलाई इजरायल यात्रामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी दूतावासले कर्मचारीहरूलाई जेरुसेलम, तेल अवीव वा बेर शेवाबाट बाहिर नजान आग्रह गरेको छ ।

अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा आक्रमण भएको थियो, जसमा १३ जनाको मृत्यु भएको थियो। जसमा इरानको एलिट कुड्स फोर्सका एक शीर्ष कमाण्डर र उनका सहायक पनि मारिएका छन् ।

इरानले यस हमलाको पछाडि इजरायलको हात रहेको र इरानले ‘पक्कै बदला लिने’ बताएको छ।

बेलायती विदेशमन्त्री लर्ड क्यामरुनले इरानी विदेशमन्त्रीलाई फोन गरी यो विषयलाई थप नबढाउन अपिल गरेका छन् ।

इजरायलले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो आक्रमणको पछाडि उसको हात रहेको अनुमान गरिएको छ ।

गाजामा इजरायल र हमासबीच जारी युद्धपछि यस क्षेत्रका धेरै ठाउँमा गोलीबारी बढेको छ। इरानको प्रोक्सी समूह हिजबुल्लाह र इजरायल दुवैले लेबनानको सीमामा आक्रमण गरिरहेका छन्।

इरानी दूतावासमा यो हमला यस्तो समयमा भएको हो जब गाजामा जारी युद्ध रोक्नको लागि यस क्षेत्रमा कूटनीतिक प्रयास जारी छ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले “महत्वपूर्ण आक्रमण” गर्न सक्ने चेतावनी दिए र इजरायललाई “बलियो” समर्थन गर्न आह्वान गरे।

इरानको आक्रमणको डरका बीच अमेरिकाको मध्यपूर्व अभियानका लागि जिम्मेवार कमाण्डर एरिक कारिला इजरायल पुगेका छन् ।

अप्रिल ११ मा, वाल स्ट्रीट जर्नलले आफ्नो रिपोर्टमा इरानले आगामी २४ देखि ४८ घण्टाभित्र इजरायलमा आक्रमण गर्न सक्ने दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *