गोहीसँग लाठी लिएर लडिन् महिला, गोहीको मुखमा परिसकेका श्रीमानलाई जिउँदै निकालिन्

डिसी नेपाल
३० चैत २०८० १५:४७

काठमाडौं । गोहीले कसैलाई मुखले समात्यो भने उसको बाँच्ने सम्भावना लगभग बाँकी हुँदैन । तर एक महिलाले आफ्नो श्रीमानलाई १३ फिटको गोहीले झण्डै आधा निलिसकेको अवस्थाबाट पनि जीवितै बचाएकी छिन् ।

दक्षिण अफ्रिकाका ३७ वर्षीय एन्थोनी जोबर्ट आफ्नो परिवारसँग माछा मार्न गएका थिए। यहाँ एन्थोनीका छोरा जेपीले बाँधमा बल्छी थापेका थिए । बल्छी तान्दै गर्दा त्यो पानीमा कतै अड्कियो। एन्थोनी यसलाई छिटाउन पानीमा गए।

एन्थोनीले भने, ‘गोही यहाँ शिकार कुरेर बसेको हुनुपर्छ किनभने त्यो अचानक पानीबाट बाहिर आयो र मेरो खुट्टा आफ्नो बङ्गारामा समातेर मलाई तान्यो। जताततै पानी थियो । त्यसपछि उसले आफ्नो पकड कडा पार्यो र मेरो बेल्टको ठीक तल मेरो अर्को खुट्टा आफ्नो मुखमा लिएर आफ्नो टाउको दायाँ-बायाँ बलपूर्वक हल्लाउन थाल्यो।’

उनले अगाडि भने, ‘मैले खुट्टा देख्न सकिन, दाँत मात्रै देखेँ । उसको डरलाग्दो आँखाले मलाई मात्र हेरिरहेको थियो र ऊ बिस्तारै गहिरो पानीतिर सर्दै थियो। उसले मलाई गहिरोमा लगेर मलाई पूरै खान्थ्यो होला । यसैबीच हामीसँगै आएका मेरा मालिक जोहान पानीभित्र पसे र मेरो प्यान्टको बेल्ट समाते ।’

उनले थप भने, ‘जोहान र गोहीबीच मेरो शरीर तानातान भएजस्तो लाग्थ्यो । यसैबीच, मेरी श्रीमती एनालिस बाँधको किनारबाट लट्ठी लिएर पानीमा आइन्। उसले गोहीको टाउकोमा लगातार लाठी प्रहार गरिन् । पाँच–छ पटक लाठी हानेपछि गोहीको बङ्गारा खुल्यो र ऊ चिप्लिएर पानीमा गयो ।’

एनालिसले भनिन् – मलाई थाहा छैन मैले एन्थोनीलाई कसरी बचाएँ, हामीले भर्खरै यो गर्यौं र हामी हाम्रो बाँकी जीवनको लागि यो डरलाग्दो घटना बिर्सन सक्षम हुनेछैनौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *