मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

डिसी नेपाल
३० चैत २०८० १७:४४

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले १४४ रनको लक्ष्य पाएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनायो।

मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहे। यस्तै शार्भिन मुनियान्डीले ४१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनाश बोहोराले १ विकेट लिए।

आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *