दिपेन्द्रको शानदार ब्याटिङमा नेपालले कतारलाई दियो २११ रनको लक्ष्य
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धका खेलमा नेपालका दिपेन्द सिंह ऐरीले शानदार ब्याटिङमा नेपालले कतारलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।
दिपेन्दले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। दिपेन्द्रको विस्फोटक ब्याटिङसँगै नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनायो।
नेपालका दिपेन्द्रले २१ बलमा ६४ रन बनाए। उनले ७ छक्का ३ चौका प्रहार गरे। यस्तै ओपनर आसिफ शेखले ५२ रन बनाउँदा कुशल मल्लले ३५ तथा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। कतारका मुसावर शाह र हिमान्सु राथोडले ३/३ विकेट लिए।
नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment