दिपेन्द्रको शानदार ब्याटिङमा नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

डिसी नेपाल
१ वैशाख २०८१ १८:११

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धका खेलमा नेपालका दिपेन्द सिंह ऐरीले शानदार ब्याटिङमा नेपालले कतारलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।

दिपेन्दले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। दिपेन्द्रको विस्फोटक ब्याटिङसँगै नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनायो।

नेपालका दिपेन्द्रले २१ बलमा ६४ रन बनाए। उनले ७ छक्का ३ चौका प्रहार गरे। यस्तै ओपनर आसिफ शेखले ५२ रन बनाउँदा कुशल मल्लले ३५ तथा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। कतारका मुसावर शाह र हिमान्सु राथोडले ३/३ विकेट लिए।

नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *