आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

डिसी नेपाल
२ वैशाख २०८१ ६:३५

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो।

पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *