इजरायलमाथि इरानको ड्रोन आक्रमण

डिसी नेपाल
२ वैशाख २०८१ ६:३८

काठमाडौं। इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ। सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *