आइपिएलमा आज दुई खेल हुँदै

डिसी नेपाल
२ वैशाख २०८१ ६:५९

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदैछ। कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि हुँदैछ।

अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार ब्यहोरेको छ। त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ।

त्यसैगरी आज दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुँदैछ। मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७: ४५ बजेदेखि शुरु हुँदैछ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार ब्यहोरेको छ। शुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ।

त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार ब्यहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *