फेलिक्सको गोलमा बार्सिलोना विजयी

डिसी नेपाल
२ वैशाख २०८१ ८:५८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले काडिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले काडिजलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३७औ मिनेटमा जोआओं फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लिगमा बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट ८ अंकले पछाडी रहेको छ ।

त्यसैगरी काडिजको भने ३१ खेलमा २५ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *