सलमान खानको घर बाहिर गोली चल्यो

डिसी नेपाल
२ वैशाख २०८१ १०:२२

काठमाडौं । मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे बान्द्रामा अभिनेता सलमान खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ ।

घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो।

सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित छ । गोली प्रहार भएको ठाउँमा चिन्ह लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *