सलमान खानको घरमा गोली कसले चलाएको हो ?

डिसी नेपाल
२ वैशाख २०८१ १३:०२

काठमाडौं । बलिउड अभिनेता सलमान खानको जीवन खतरामा रहेको बताइएको लामो समय भइसक्यो । गुन्डाहरू गोल्डी ब्रार र लरेन्स बिश्नोई उनको विरुद्ध लागेको र धम्की दिइरहेको बताइएको छ । दुबै तर्फबाट सलमानलाई हानि पुर्‍याउने धेरै प्रयासहरु भएका छन् ।

आइतबार बिहान ४ः५० बजे सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर अज्ञात बाइकरहरूले केही राउण्ड गोली प्रहार गरेका थिए । दुर्घटनामा कसैलाई पनि क्षति भएको छैन । तर गोली चलेको घटनाले फ्यान र परिवारलाई चिन्तित बनाएको छ । कडा सुरक्षाका बाबजुद पनि यस्तो दुर्घटना हुनु डरलाग्दो छ।

फोरेन्सिक टोलीले ग्यालेक्सी अपार्टमेन्टमा गएर अनुसन्धान गरेको थियो । पर्खाल भित्र गोलीको निशान भेटिएको छ। जानकारीका अनुसार सलमान खानको घरको बालकनीमा राखिएको नेटमा गोली लागेको थियो । उक्त गोलीको खोका प्रहरीले सलमानको घरभित्रबाट बरामद गरेको छ ।

सलमान आफ्ना फ्यानहरूलाई भेट्न र अभिवादन गर्न धेरै पटक यो बालकनीमा आउँछन्। ईद होस् वा दिवाली, सलमान यस बाल्कनीमा आउँछन् र फ्यानहरूप्रति कृतज्ञता व्यक्त गर्छन्। आक्रमणकारीले जम्मा ५ राउण्ड फायर गरेका थिए जसमध्ये ४ वटा सलमान खानको घरतर्फ हानिएको र एउटा गोली ननिस्किएर जमिनमा खसेको बताइएको छ ।

सलमान खानको घरतर्फ लागेका चार गोलीमध्ये एउटा गोली सलमान खानको झ्यालको जालीमा छेडेर घरभित्र पसेको थियो । गोलीको खोका ग्यालेक्सी अपार्टमेन्टमा खसेको भेटिएको थियो । दोस्रो गोली सलमान खानको झ्यालको तल्लो भागमा लागेको थियो भने तेस्रो र चौथो गोली सलमान खानको घरको भित्तामा लागेको थियो ।

प्रहरीले अहिले सलमानमाथि कसले आक्रमण गरेको भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । मोटरसाइकलमा आएका दुई आक्रमणकारीले हेलमेट लगाएका थिए, त्यसैले उनीहरुको पहिचान हुन सकेको छैन । सलमानको सुरक्षामा थप कडाई गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *