इरानको आक्रमणपछि इजरायलका रक्षामन्त्रीले भने– यो कुरा अझै टुंगिएको छैन

डिसी नेपाल
२ वैशाख २०८१ १४:१८

काठमाडौं । इजरायली रक्षामन्त्री योभ गालान्टले इजरायलको सुरक्षा क्षेत्रका लागि वरिष्ठ अधिकारीहरूसँग सम्पूर्ण अवस्थाको मूल्याङ्कन गरिएको बताएका छन्।

योभ गालान्टले भने, “अमेरिका र अन्य सहयोगीहरूसँग मिलेर हामीले इजरायलको भूभाग सुरक्षित गर्न सफल भएका छौं। धेरै सामान्य क्षति भएको छ।”

उनले भने, ‘तर मुद्दा अझै टुंगिएको छैन । हामी सतर्क रहन्छौं। आइडीएफ (इजरायली सेना) द्वारा निर्देशन जारी गरिएको छ। हामी हरेक परिस्थितिको लागि तयार हुनुपर्छ। हामीले आक्रमणलाई असफल बनाएका छौं र त्यसमा सफल भएका छौं।”

आइतबार बिहान इरानबाट इजरायलमा मिसाइल र ड्रोन प्रहार गरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको सहयोगमा इजरायलले ‘लगभग सबै ड्रोन’ र क्षेप्यास्त्रलाई खसाल्न सफल भएको दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *