चन्द्रमामा पहिलो गैर अमेरिकी एस्ट्रोनट जाने

डिसी नेपाल
२ वैशाख २०८१ १६:१४

काठमाडौं । अमेरिका र जापानबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जानेछन् । जापानी प्रधानमन्त्री किशिदा फुमियोको राजकीय भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

बाइडेनले भने, ‘जापान र संयुक्त राज्य अमेरिकाबीचको विज्ञान र शिक्षा सम्बन्ध चन्द्रमासम्म फैलिएको छ, जहाँ दुई जापानी अन्तरिक्ष यात्रीहरू भावी अमेरिकी मिसनहरूमा सामेल हुनेछन्। एकजना चन्द्रमामा अवतरण गर्ने पहिलो गैर-अमेरिकी बन्नेछन्।’

सन् १९६९ देखि १९७२ सम्म नासाको अपोलो कार्यक्रम अन्तर्गत आजसम्म १२ अन्तरिक्ष यात्री मात्र चन्द्रमामा अवतरण भएका छन् । यी सबै अन्तरिक्ष यात्री अमेरिकी थिए। अब आर्टेमिस कार्यक्रम अन्तर्गत सन् २०२६ सम्ममा फेरि एकपटक मानिसलाई चन्द्रमामा पठाउने लक्ष्य राखिएको छ ।

नासाका प्रशासक बिल नेल्सनले भिडियो सन्देशमा भनेका छन्, ‘जापानले नासाका लागि प्रेसराइज्ड रोभर विकास गर्नेछ। यो रोभरको सहयोगमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा लामो दूरीको यात्रा गर्न सक्नेछन् । अन्तरिक्ष यात्रीहरू लामो समयसम्म यसमा बस्न सक्नेछन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *