नयाँ वर्ष पारेर निता र शंकरले ल्याए‘अदभूत माया’(भिडियो)

डिसी नेपाल
२ वैशाख २०८१ १८:३०
108
Shares

काठमाडौं। नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पूर्वसन्ध्या र नयाँ वर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन्।

गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ। मनाङ जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ। केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा‘स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन्। गीत गायन देखि संगीत कर्म सम्म त्यत्तिकै पोख्त‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *