इरानी आक्रमणपछि इजरायलमा नेपालीहरू सुरक्षित छन्-दूतावास

डिसी नेपाल
३ वैशाख २०८१ १०:२६

काठमाडौं। इजरायलका लागि नेपाली दूतावासले इजरायलमा भएको इरानी आक्रमणपछि त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको बताएको छ। दूतावासले विज्ञप्ति जारी गर्दै नेपालीहरूका लागि सुरक्षा एडभाइजरी पनि जारी गरेको छ।

दूतावासको विज्ञप्तिमा भनिएको छ ‘आक्रमणबाट यहाँ बसोवास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।’

यसअघि अर्को विज्ञप्ति जारी गर्दै दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई त्यहाँको सरकारले जारी गरेको सुरक्षा प्रोटोकल पालना गर्न र अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन भनेको छ।

दूतावासले भनेको छ -‘आगामी सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *