इरानी आक्रमणपछि इजरायलमा नेपालीहरू सुरक्षित छन्-दूतावास

डिसी नेपाल
३ वैशाख २०८१ १०:२६
32
Shares

काठमाडौं। इजरायलका लागि नेपाली दूतावासले इजरायलमा भएको इरानी आक्रमणपछि त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको बताएको छ। दूतावासले विज्ञप्ति जारी गर्दै नेपालीहरूका लागि सुरक्षा एडभाइजरी पनि जारी गरेको छ।

दूतावासको विज्ञप्तिमा भनिएको छ ‘आक्रमणबाट यहाँ बसोवास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।’

यसअघि अर्को विज्ञप्ति जारी गर्दै दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई त्यहाँको सरकारले जारी गरेको सुरक्षा प्रोटोकल पालना गर्न र अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन भनेको छ।

दूतावासले भनेको छ -‘आगामी सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *