अमेरिकी सेना र एयरबेस हटाउन माग गर्दै नाइजरमा हजारौंको प्रदर्शन

डिसी नेपाल
३ वैशाख २०८१ ११:१९

काठमाडौं । नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्।

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछि यो प्रदर्शन भएको हो ।

शनिबारदेखि मध्य नियामेमा हातमा प्लेकार्ड लिएर भीडमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका थिए । जसले फ्रान्सेली विरोधी प्रदर्शनलाई सम्झाउने कार्य गरेको थियो । नाइजरमा भएको बिद्रोहबाट सेनाले सत्ता कब्जा गरेपछि नाइजरबाट फ्रान्सको सेना फिर्ता लिन बाध्य भएको थियो।

अङ्ग्रेजीमा एउटा हातले लेखिएको चिन्हमा ‘युएसए रश आउट अफ नाइजर’ लेखिएको थियो । सैन्य सरकारको समर्थन र मार्चको मध्यमा करिब १ हजार अमेरिकी सेनालाई आफ्नो क्षेत्र बाहिर सञ्चालन गर्न अनुमति दिने सम्झौता रद्द गरेको थियो ।

‘हामी यहाँ अमेरिकी आधारलाई अस्वीकार गर्न आएका छौं, हामी हाम्रो माटोमा अमेरिकीहरू चाहँदैनौं,’ प्रदर्शनकारी मारिया सालेले भनिन् । भीडले “अमेरिकी साम्राज्यवाद मुर्दाबाद” र “जनमुक्ति आन्दोलन जारी छ” भन्ने नारा पनि लगाएका थिए ।

सैन्य विद्रोह नभएसम्म नाइजेरियामा फ्रान्स र अमेरिकाको प्रमुख सुरक्षा साझेदारको रूपमा रहेका थिए । जसले पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा एक दशक पुरानो विद्रोहलाई रोक्न अन्तर्राष्ट्रिय प्रयासहरूको एक भागको रूपमा यसलाई आधारको रूपमा प्रयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *