इरानले भन्यो – इजरायलमा आक्रमण गर्नुभन्दा पहिल्यै आक्रमणबारे जानकारी दिएका थियौं

डिसी नेपाल
३ वैशाख २०८१ ११:४१

काठमाडौं । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायानले इरानले इजरायलमाथिको आक्रमणबारे आफ्ना छिमेकी र सहयोगी राष्ट्रहरूलाई पहिल्यै जानकारी गराएको बताएका छन् ।

उनले भने, “हाम्रो अपरेशनको करिब ७२ घण्टा अघि, हामीले इजरायल विरुद्ध इरानको कारबाही निश्चित, अपरिवर्तनीय र वैधानिक छ भनेर यस क्षेत्रका हाम्रा मित्र र छिमेकीहरूलाई जानकारी गराएका थियौं।”

विदेशी कूटनीतिज्ञहरूसँगको भेटमा इरानले इजरायलविरुद्धको आक्रमणबारे अमेरिकालाई पनि जानकारी गराएको र यो ‘सीमित’ आक्रमण हुने र यसको उद्देश्य आत्मरक्षा भएको जानकारी दिइएको उनले बताए ।

इजरायलले अमेरिकाको सहयोगमा इरानमाथि आक्रमणको तयारी गरेको थियो । उनीहरूले यसबारे पहिल्यै जानकारी पाएका थिए र यसका लागि इजरायल र अमेरिकाको उन्नत रक्षा प्रणाली तैनाथ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *