इजरायलमा इरानको आक्रमणले व्यापक युद्ध फैलाउँदैन भन्नेमा विश्वस्त छु – बाइडेन

डिसी नेपाल
३ वैशाख २०८१ १२:०२

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि इरानको आक्रमणले व्यापक युद्ध नफैलाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

एक कार्यक्रममा, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीलाई इरान-इजरायल आक्रमण युद्धमा परिणत भएको बारे सोधिएको थियो। यसबारे किर्बीले भने, “राष्ट्रपति विश्वस्त छन् कि त्यो दिशामा अघि बढ्ने छैन।”

बाइडेनले जी-७ बैठक बोलाएर ‘कूटनीतिक पक्ष’ हेरिरहेको उनले बताए । उनले भने “इजरायलले हिजो राती आत्मरक्षाका लागि जे गर्यो त्यो अचम्मको छ। उनीहरूको सैन्य क्षमता अचम्मको छ। यसका कारण धेरै कम क्षति भएको छ।”

किर्बीले भने – राष्ट्रपति यो मामिला अगाडि बढ्न नसक्ने कुरामा स्पष्ट भइसकेका छन् । आउँदै गरेको घण्टा र दिनहरूले हामीलाई यस बारे बताउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *