नेपाल र हङकङबीचको खेल १८ ओभरको हुने

डिसी नेपाल
३ वैशाख २०८१ १२:३८

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र हङकङको खेल १८ ओभरको हुने भएको छ । खेलअघि वर्षाका कारण केही समय अवरुद्ध भएको खेल १८ ओभरमा छोट्याइएको हो ।

ओमानको अल अमिरात स्टेडियममा हुने खेलमा केही समयपछि टस हुनेछ । यो प्रतियोगितामा नेपालले यसअघिका २ खेलमा दुवै जितेको छ । हङकङले २ खेलमा एक खेल हारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *