अमेरिकाले इजरायललाई भन्यो– इरानमाथि जवाफी हमलामा हामीले साथ दिने छैनौं

डिसी नेपाल
३ वैशाख २०८१ १३:४३

काठमाडौं । अमेरिकाले इजरायललाई यदि उसले इरान विरुद्ध बदला लिनको लागि आक्रमण गर्‍यो भने अमेरिकाले साथ नदिने चेतावनी दिएको छ ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका छन्। शनिबार साँझ, इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो।

इरानले अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ ।

इरानले प्रहार गरेका लगभग सबै हमलाकारी ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले हावामा खसालेका थिए।

अमेरिकी अधिकारीका अनुसार यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयमता अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति जो बाइडेनले नेतान्याहुलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन्।

इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो ।

अमेरिकाले इजरायलमा आक्रमण गर्दा इरानले प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *