एभर्टनको पोष्टमा चेल्सीको ६ गोल

डिसी नेपाल
४ वैशाख २०८१ ८:०५

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ ।

त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *