गहवा माईको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा

डिसी नेपाल
४ वैशाख २०८१ ८:४७

वीरगंज। गहवा माईको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा भएको छ । माइस्थान सञ्चालक समितीका अध्यक्ष नरेन्द्र कुमार साहका अनुसार माताको निशान सहितको डोलिलाई अपरान्ह ४ बजे नगर परिक्रमा गराइने छ ।

सो डोलि यात्रा सुरु हुनु अघि दिनको २ बजे देखी २ घन्टा डोलाको पुजाआजा गरि ४ बजे देखि यात्रा सुरु गरी ६ बजे भित्र मन्दिर परिसरमा पुगि समापन गर्ने कार्यक्रम रहेकोे उनले जानकारी गराएका छन् । साथै सम्पूर्ण भक्तजनलाई बढी मात्रामा सहभागी भएर यात्रा सफल गरिदिन अध्यक्ष साहले आग्रह गरेका छन् ।

डोलि यात्रा मन्दिरबाट सुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर , अलखिया मठ, महाबिर मन्दिर, घन्टाघर हुँदै श्रीगहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने महासचिव बिजय कुमार उपाध्यायले बताए । माताको यस यात्रामा चन्दा नउठाइकन ईच्छुक दाता र भक्तजनको सहयोगमा पहिलो निशान सहितको डोलि यात्रा हुन गइरहेको छ ।

डोलि निर्माण तथा यात्रा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । करिब १० दिन लगाएर तयार गरिएको डोलिको लागत मात्रै डेढ लाख रुपैया रहेको समितीका अध्यक्ष साहले बताएका छन । दिल्लीबाट विशेष कारीगर बोलाएर माताको पहिलो निशान सहितको डोलिको तयारी गराइएको माईस्थान सञ्चालक समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *