युद्धका बीच उठ्यो नेतान्याहुविरुद्ध छानबिनको माग

डिसी नेपाल
४ वैशाख २०८१ ९:२२

काठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको माग भइरहेको छ । मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुलाई अर्बपति साथीको बंगलामा बसेको आरोप लगाएको छ ।

हमासको हमलापछि नेतान्याहु आफ्ना अमेरिकी साथी साइमन फेलिक्सको आलिशान बंगलामा बस्दै आएका थिए । इजरायलमा कुनै पनि सार्वजनिक कर्मचारीले महँगो उपहार स्वीकार गर्न गैरकानूनी छ । नेतान्याहुका अर्बपति साथीको बंगलामा बस्नु महँगो उपहारको रुपमा व्याख्या गरिएको छ ।

नेतान्याहूका साथि फेलिक्स मूलतः एक कट्टर यहूदी भएको र अमेरिकी नागरिकता धारण गर्दछन् । उनी ुड्युटी फ्री अमेरिकाुका अध्यक्ष हुन् । यस कम्पनीको ड्युटी फ्री स्टोरहरू विश्वका करिब २०० एयरपोर्टहरूमा छन् ।

यसबाहेक उनी एउटा ठूलो वाइन कारखानाका मालिक हुन् । सन् २०१९ मा यस विषयमा ठूलो विवाद भएको थियो । त्यसपछि युरोपियन युनियनले उत्पादन चिन्हको सम्बन्धमा यसविरुद्ध मुद्दा दायर गरेको थियो ।

अर्को विवाद फेलिक्ससँग जोडिएको थियो र त्यसपछि उनी पहिलो पटक विश्व मिडियाको हेडलाइनमा आए । त्यसबेला यो दाबी गरिएको थियो कि फेलिक्सले वेस्ट बैंकको बस्तीहरूमा लगानी गरेको थियो जुन इजरायलले अवैध रूपमा कब्जा गरेको थियो र त्यहाँ बस्ने प्यालेस्टिनीहरूलाई निष्कासित गरेको थियो । यसै वर्षको सुरुमा इजरायल सरकारले उनलाई ‘जेरुसेलम अवार्ड फर डेभलपमेन्ट’ले सम्मान गरेको थियो ।

फेलिक्स परिवारले नेतन्याहुको पार्टीलाई पनि चन्दा दिने गरेको केही रिपोर्टले बताएको छ । फेलिक्स परिवारको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि मैत्रीपूर्ण र व्यापारिक सम्बन्ध छ ।

नेतन्याहुमाथि फेलिक्स र केही धनी व्यापारीहरूबाट महँगो उपहार लिएको आरोप लगाइएको छ। यसबाहेक प्रतिपक्षमा रहँदा व्यक्तिगत विदेश भ्रमणमा गएको र त्यसको खर्च पनि यही व्यवसायीले नै बेहोरेको रिपोर्टमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *