धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु

डिसी नेपाल
४ वैशाख २०८१ १०:२०

धनकुटा । धनकुटाको हिलेबजारमा १७ ओैं कोशी प्रदेश अन्तरपालिका रामनवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रामनवमी पर्वको अवसरमा हिले भलिबल क्लवको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिता बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ८ वटा पालिकाको सहभागीता रहेको छ । १७ रामनवमी कप भलिबल प्रतियोगिता सोम्बार एक ओैपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले उदघाटन गरेका थिए

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तामाङ विशिष्ट अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई , विशेष अतिथि वडा अध्यक्ष ओङद तामाङ लगायत अतिथिहरुको उपस्थितिमा खेलाडी संग परिचय तथा बलहस्तान्तरण गर्दै उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पहिले खेल दमक नगगरपलिका र आयोजक हिले भलिबल क्लब बिच भएको खेलमा दमक २५ः१२, दमक २५ः१५ दमक १७ः२५ दमक २५ः१९ दमक ३ः१ ले आयोजक हिले भलिबल क्लबलाई हराउदै दमकले जितेको हो । यस्तै दोस्रो खेल पाख्रीबासनगरपालिका र बराहनगरपालिका बिच भएको खेलमा पाख्रीबास २५ः१३, पाख्रीबास २५ः१९ पाख्रीबास २७ः२५ बराहलाई ३ः० लगाउदै पाख्रीबासले जितेको राष्ट्रिय रेफ्रि कोशी प्रदेश अध्यक्ष विनय राईले जानकारी दिए ।

रामनवमी कप भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र , दितिय नगद ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउने हिले भलिबल क्लबका अध्यक्ष सञ्जिव तितुङले जानकारी दिएका छन्।

मंगलबार बेलबारी र महालक्ष्मी नगरपालिका , सडान्नद भोजपुर र रङ्गगेलि मोरङ लगायत टिमको खेल सञ्चालन हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *