अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहारको अर्को घटना, क्रिस्चियन धर्मगुरुमाथि आक्रमण

डिसी नेपाल
४ वैशाख २०८१ १२:०२

काठमाडौं । सिड्नीमा झगडाका क्रममा छुरा प्रहार हुँदा एक क्रिस्चियन धर्मगुरु र अन्य कैयौं व्यक्ति घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कार्यक्रम अनलाइन प्रसारण भइरहेको थियो । यो घटना सोमबार साँझ अस्ट्रेलियाको सिड्नी सहरमा भएको हो ।

प्रहरीले चक्कु प्रहारबाट कैयौं घाइते भएको बताएको छ । घाइते मध्ये कसैलाई पनि गम्भीर चोट लागेको छैन । यस घटनामा एक जना पक्राउ परेका छन् ।

यसअघि शनिबार पनि सिड्नीको एक सपिङ मलमा छुरा प्रहारको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा ६ जनाको ज्यान गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *