सलमान खानको घरमा गोली चलाएको आरोपमा दुईजना पक्राउ

डिसी नेपाल
४ वैशाख २०८१ १४:४५

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनामा संलग्न रहेको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरु दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो ।

आइतवार, अप्रिल १४ मा सलमान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बई पुलिसको अपराध शाखाको टोलीले यी संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको थियो र अहिले उनीहरूलाई मुम्बई ल्याइँदैछ।

भुज पुलिसले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – पश्चिम कच्छ पुलिसले सलमान खानको घर बाहिर गोली चलाएको मामिलामा लरेन्स बिश्नोई गिरोहका दुई संदिग्धहरूलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *