कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता

डिसी नेपाल
४ वैशाख २०८१ १७:१३

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो।

कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो।

यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो। यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ।

त्यस्तै समुह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समुह बिजेता बनेको छ। नेपाल आफ्नो अन्तिम खेल अघि नै समुह विजेता बनेको हो। अब नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ।

त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ। समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने  अब अन्तिम खेलहरुबाट लाग्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *