शिक्षक र प्रधानध्यापविचको विवादले महोत्तरीको एक विद्यालयको पठनपाठन ठप्प

डिसी नेपाल
५ वैशाख २०८१ ९:५३

महोत्तरी । बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानध्यापक र शिक्षकविचको विवादले पठनपाठनमा असर परेको छ ।

वडा नं। ६ स्थित योग कुमार माध्यामिक विद्यालयका प्रधानध्यापक निरिपेन्द्र कर्ण र केही शिक्षकविचको आन्तरिक कलहले पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरुले गुनासो गरेका छन ।

सोही विद्यालयमा अध्यापन गराउने शिक्षक सोभालाल यादवका अनुसार प्रधानध्यापक कर्ण शृंखलावद्ध अनियमिततामा सहभागी भएपछी शिक्षकहरुविच दुरी बढेको हो ।

उक्त विद्यालयमा अहिलेसम्म व्यवस्थापन समिति वन्न सकेको छैन । व्यवस्थापन समिति नभएको मौका छोपेर प्रधानध्यापकले आफुखुसी विद्यालयको सम्पत्ति नै हिनामिना गरेको शिक्षकहरुको आरोप छ ।

विद्यार्थीहरुसँग टाई र परिचयपत्रका नाममा आफुखुसी पैसा उठाएर अपचलन गरेको आरोप आईरहेको वेला विद्यालयको गोदाममा राखेको काठहरु समेत लिलाम गरेर प्रधानध्यापक कर्णले भ्रष्टाचार गरेको शिक्षकहरुले आरोप लगाएका छन ।

काठहरु वेचेको न्युन पैसा मात्र खातामा देखाएको र लाखौ रुपैया अनियमितता गरेको अर्का शिक्षक जिवन श्रेष्ठले वताए । काठको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा शिक्षक सोभालाल आफैले उजुरी हालेका थिए । याँहीवाट सुरु भएको विवाद अहिले विद्यार्थीहरुको पठनपाठनमा समेत देखिएको छ । तर प्रधानध्यापक कर्णले भने शिक्षकहरुले आरोप लगाएर जस्तो नभएको जिकिर गरेका छन । सोभालाल यादव नियमित कक्षामा नआउने र विद्यालयको समयावधि पहिले नै निस्कने कारणले कारवाही गरेको हुदा वदला लिने उदेश्यले अफवाह फैलाईरहेको उनको भनाई छ ।

तर शिक्षक यादवले एसईईको समयमा विद्यालयवाट विना कारण १८४ जना विद्यार्थीहरुसँग जनही ३ सयका दरले अवैधानिकरुपमा पैसा उठाएको समेत आरोप लगाएका छन । विल विना पैसा उठाएर उक्त पैसा लेखा साखामा नबुझाएको कर्णमाथी आरोप लागेको छ । यो आरोप यसलाई स्थानीय अभिभावकले समेत ऐक्यबद्धता जनाएका छन ।

अभिभावक कुशेस्वर महतोले शिक्षक सोभालालले भनेको बिषयहरुमा सत्यता नै भएको दावी गरेका छन । ‘हामीले कक्षा-१० को बिद्यार्थीहरुलाई ३ सय मागेपछि घरवाट पठाएका थियौ । त्यो कता खर्च भयो वा केको लागि लिएको थियो अझै खुल्न सकेको छैन ।’ अभिभावक महतोले भने, ‘यसको बिषयमा छानविन हुनुपर्छ अहिलेसम्म लेखा साखामा यो पैसा जम्मा भएको पाइएको छैन ।’

काठ लिलाम गरेको झन्डै ५५ हजार मात्र खातामा देखाएको र १८४ जना विद्यार्थीहरुसँग ३ सयका दरले उठाएको पैसा लेखा साखामा दाखिला नभएको लेखापाल संजिव यादवले वताए ।

‘मैले पनि प्रधानध्यापक कर्णले पैसा उठाएको भन्ने थाहा पाएको हौ तर उक्त पैसाको बिषयमा लेखा साखा अनविज्ञ छ ।’ लेखापाल यादवले भने ।’खै अव सम्बन्धित निकायले यस्को छानविन गर्ला नी सरहरू समबन्धित निकायसम्म पुग्नु भएको छ क्यार ।’

यता नगर सिक्षा साखाका साखा अधिकृत रामविनय यादवले भने विद्यालयमा प्रधानद्यापक कर्ण भन्दा पनि शिक्षक दोषी भएको वताए । उन्ले विद्यालयको विषयमा पटक(पटक छलफल भएको तर शिक्षकहरुले मनोमानी गर्न नपाउदा प्रधानध्यापकमाथी रिस पोखिरहेको वताउदै शिक्षक सोभालाललाई सजायस्वरूप एक महिनाको १० हजार तलव समेत काटेको वताएका छन ।

शिक्षक सोभालाल विद्यालयमा महिनामा धेरै दिन उपस्थित नै नभएपछी सिक्षा साखा र प्रधानध्यापकविच भएको छलफलमा नै चेतावनीस्वरूप कारवाही गरेको प्रमुख यादवको भनाई छ ।

तर शिक्षक यादवले भने यसलाई अस्विकार गरेका छन् । संचित विदाको अभिलेख नै गायव वनाएर झुटो आरोप लगाएको उनको भनाई छ । यादवले अभिलेख देखाएर यसको पुष्टि गर्न चुनौती समेत दिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *