एसीसी प्रिमियर कपमा नेपाल र साउदीको खेल वर्षाका कारण ढिलाइ

डिसी नेपाल
५ वैशाख २०८१ १२:४९

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेलमा ढिलाइ भएको छ । नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनुपर्ने खेलमा अझैसम्म टस हुन सकेको छैन ।

ओमानमा गएराती पानी परेको थियो । अहिले वर्षा रोकिएको भए पनि मैदान चिसो भएका कारण खेल्न अनुकूल नभएको म्याच अफिसियलले ठहर गरेका छन् ।

प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह चरणका तीन खेलमा तीनवटै खेल जितेको नेपालले ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको कतारको ४ अंक छ । कतारले समूह चरणका सबै खेल खेलिसकेको छ ।

खेल्न बाँकी भएका नेपालबाहेक साउदी अरेबिया, मलेसिया र हङकङ तीनवटै टिमको २ अंक छ र उनीहरुले खेल्न बाँकी खेल जितेमा ४ अंक मात्र हुने भएकोले ६ अंक जोडेको नेपाल सेमिफाइनल पुगिसकेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *