साउदी अरेबियाविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको छ।
यस खेलमा नेपालले टस जितेको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै साउदी अरेबियाले पहिला ब्याटिङ गर्ने भएको छ। यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुँदैछ।
गएराति ठूलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो।
नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ।
त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ। साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment